PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त, खरेललाई राष्ट्रपतिको धन्यवाद



पहिलोपोस्ट

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त, खरेललाई राष्ट्रपतिको धन्यवाद

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्‍डारीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामा स्‍वीकृत गरेकी छन्।

खरेलले पत्रकार सम्मेलन गरेर संविधानको धारा १५७ (४) (क) बमोजिम शुक्रवारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले महान्यायाधिवक्ताको हैसियतले सम्पादनको गरेको कार्यप्रति धन्यवाद व्यक्त गरेकी छन्।

त्यसैगरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले चावहिल निवासी अधिवक्ता रमेश बडाललाई २८औ महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन्। संविधान धारा १५७ को उपधारा २ बमोजिम बडाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell