PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माधव समूहको स्थायी समितिको निर्णयः ओलीले दललाई निजीकरण गरे, सरकारी निवासमा बोलाएको बैठकमा सहभागी नहुने



पहिलोपोस्ट

माधव समूहको स्थायी समितिको निर्णयः ओलीले दललाई निजीकरण गरे, सरकारी निवासमा बोलाएको बैठकमा सहभागी नहुने

काठमाडौँः नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले चैत २८ गतेको निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ। बानेश्वरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्रीले निवासमा राखेको स्थायी समिति बैठकमा सहभागी नहुने पनि निर्णय गरेको छ। दलको कार्यालय वा संसद् भवनमा बैठक राखिए विचार गर्ने पनि निर्णयमा उल्लेख छ।

स्थायी समिति निर्णयमा भनिएको छ, 'विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने। बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने।'

बैठकले आफ्ना गुटका नेतालाई मात्र बोलाएर निर्णय गरेको भन्दै चैत २८ को निर्णय खारेज गर्न माग गरेको छ। निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने पनि स्थायी समिति बैठकले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell