PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठक, विधान संशोधन गर्न तीन सदस्यीय समिति गठन



पी बी खड्का

माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठक, विधान संशोधन गर्न तीन सदस्यीय समिति गठन

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठक बसेको छ। 

मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको विधान संशोधनको मस्यौदा तयारी गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

प्रमुख सचेतक सीताकुमारी नेपालीको संयोजकत्वमा सांसद गणेश प्रसाद सिंह र रातो कामी सदस्य रहेका छन्।

त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम परिवर्तित राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाका बारेमा मुख्यमन्त्री शाहीले निर्देशन दिएको प्रमुख सचेतक नेपालीले जानकारी दिइन्।

साथै बैठकमा सहभागी सांसदहरुले आ सहभागी सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्।

शुक्रवारबाट सुरु भएको दलको बैठक केही दिनका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell