काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले बोलाएका बैठक बहिस्कार गरिरहेको छ।
फागुन २८ गते केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी निर्णय गरेको भन्दै ओलीबिरुद्धको संघर्ष चर्काएका नेपाल-खनालले संसदीय दलको बैठकमा समेत आफ्ना समूहका सांसदलाई सहभागी हुन दिएनन्।
शुक्रवार साँझै स्थायी कमिटी बैठक बोलाएर ओलीले डाकेको शनिवारको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गर्ने नेपाल-खनालले निर्णय गरिसकेका थिए। तर, बैठक बहिस्कार गरिरहे बाहिर गलत सन्देश जाने भन्दै नेपाल-खनालले ओलीले बोलाएको बैठकबारे छलफल गर्न सांसदहरुलाई आकस्मिक रुपमा सिंहदरबार बोलाइएको थियो। उक्त बैठकले किन ओलीले बोलाएको बैठक बहिस्कार गरेको भन्ने बारेमा पत्रमार्फत संसदीय दलको बैठकमा सन्देश पठाउने निचोड निकाल्यो।
३८ जना सांसदजना सांसदहरुको हस्ताक्षरसहित पत्र लिएर नेपाल-खनाल समूहका नेता जीवनराम श्रेष्ठ, यज्ञ सुनुवार र सोम पाण्डे लगायतका नेता बालुवाटार पुगेका थिए।
बैठक चलिरहेकै बेला बिचमा छिरेका उनीहरुले पत्र वाचनका लागि ओलीसँग अनुमति लिए पनि ओलीले भने बाचन गर्न नदिएको नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताए।
'बैठक चलिरहेकै बेला हामी पुगेका थियौ। हाम्रो असहमतिपत्र बाचन गर्छौं भन्दा प्रधानमन्त्रीले दिनु भएन। उहाँले मलाई बुझाउनुस् भनेपछि हामी बुझाएर फर्किएका छौं,' उनले भने।
उक्त पत्रमा पार्टीको विधान अनुसार बैठक नबसेको भन्दै ओलीको आलोचना गरिएको छ। संसदीय दलको बैठक र केन्द्रीय कमिटी एकै दिन राखिनु विधान विपरीत भएको नेपाल-खनाल समूहको जिकिर छ।
'विधानको ब्यवस्था विपरीत मनोनयन गरिएका ब्यक्तिलाई समेल हुनेगरी केन्द्रीय कमिटीको बैठक समानान्तर एकै दिन राखिनुको आशयप्रति गम्भीर प्रश्न उठ्छ,' पत्रमा भनिएको छ।
के छ नेपाल-खनालले लेखेको ५ बुँदे असहमति पत्रमा? पढ्नुस् :
