काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही चुनौती भए पनि त्यसले बिस्तारै लय समात्ने बताएका छन्।
शनिवार जी.पी.कोइराला मेमोरियल कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा समस्या भएकाले सञ्चालनका लागि मेहनत आवश्यक भएको बताए।
चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको उनको भनाई थियो।
'अलिकति समस्याहरु छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईँहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ,' सापकोटाले भने।
उनले संसद सञ्चालनमा ब्यवधान उत्पन्न नहुनेमा विश्वस्त हुन आग्रह गरे। अहिलेको राजनीतिक समस्या छलफल बहस भएर समाधान हुने सापकोटाले बताए।