PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

संसदीय दलको बैठकमा भाग लिएका वामदेवले गरे केन्द्रीय कमिटी बैठक बहिस्कार



पहिलोपोस्ट

संसदीय दलको बैठकमा भाग लिएका वामदेवले गरे केन्द्रीय कमिटी बैठक बहिस्कार

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक बालुबाटारमा सुरु भएको छ।

एमालेको संसदीय दलको बालुवाटारमा शनिवार बिहान बसेको बैठकले संसदीय दलको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त संशोधित विधानको अनुमोदनका लागि बैठक बालुवाटारमा सुरु भएको हो।

बैठकमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बैठकमा ओलीले सम्बोधन गरिरहेको ओली समूहका नेता तथा केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले जानकारी दिए।

संसदीय दलको बैठकमा भाग लिएका एमालेका उपाधय्यक्ष बामदेव गौतमले केन्द्रीय कमिटीको बैठक भने बहिस्कार गरेका छन्। वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले पनि ओलीले बोलाएका बैठक बहिस्कार गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell