PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एमालेको संसदीय दलको विधान संशोधन : प्रतिनिधिसभाले मात्रै दलको नेता चुन्न पाउने



पहिलोपोस्ट

एमालेको संसदीय दलको विधान संशोधन : प्रतिनिधिसभाले मात्रै दलको नेता चुन्न पाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकले 'संसदीय दलको विधान-२०७२' लाई संशोधन गरेको छ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले विधानलाई अनुमोदन गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै आजैबाट संशोधित विधान लागू भएको छ।

'संसदीय दलको विधान -२०७२ लाई महत्त्वपूर्ण सुझावसहित पारित गरेको छ। विधान आजैबाट लागू हुनेछ,' भट्टराईले भने।

विधानमा एमाले ससंदीय दलको नेता प्रतिनिधिसभाका सदस्यहरुले मात्र निर्वाचित गर्ने छन्।

दलको उपनेता, प्रमुख सचेतक, सचेतक, राष्ट्रिय सभामा दलको नेता र सचेतक ससंदीय दलको नेताले मनोनित गर्ने विधानले ब्यवस्था गरेको भट्टराईले बताए।

संसदीय दलको बोर्ड समावेशी बनाउन कम्तिमा एकतिहाई महिला अनिवार्य हुने विधानमा ब्यवस्था गरिएको छ।

यस्तै, संसदीय दलको बोर्ड सचिवको काम प्रमुख सचेतकले गर्ने पनि विधानले व्यवस्ता गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell