PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एक किलो अफिमसहित एक जना पक्राउ



राधेश्याम पटेल

एक किलो अफिमसहित एक जना पक्राउ

वीरगंज : बारा प्रहरीले प्रतिबन्धित लागुऔषध एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १६ टागियाबस्ती बस्ने वर्ष २७ का राजकुमार योन्जन तमाङ रहेका छन्।

शनिवार दिउँसो ३ बजे उनलाई चेकिङको क्रममा नियन्त्रणमा लिइएको हो। बारागढी गाउँपालिका-१ भवानीपुरस्थित सडकखण्डको इटहर बेलाहीतर्फबाट पोखरीयातर्फ गइरहेको अवस्थामा उनले चढेको बा ३५ प ८२२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लेगगार्डमा झुण्डयाएको कालो प्लाष्टिकको झोलाबाट एक किलो अफिम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell