PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बन्दुक बोकेर कपाल काट्न सैलुन पुगेका एक व्यक्ति प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

बन्दुक बोकेर कपाल काट्न सैलुन पुगेका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

वीरगंज : बारा प्रहरीले कपाल काट्न सैलुन पुगेका व्यक्तिलाई अवैध हातहतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-२ बस्ने वर्ष ४० का प्रमोद चौधरी भूमिहर रहेका छन्।

उनलाई ईलाका प्रहरी कार्यालय सिमरा तथा ईलाका प्रहरी कार्यालय जितपुरको संयुक्त टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलमा सञ्चालन गरेको गजेन्द्र ठाकुरको सैलुनबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। कपाल काट्न पुगेका भूमिहरको बसाई शंकास्पद लागेर प्रहरीलाई स्थानीयले खबर गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट एक थान नलकटुवा पेस्तोल र २ थान सोही बन्दुकमा लाग्ने गोली पनि बरामद भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell