PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

चीर ठड्याइएसँगै सुरु भयो फागु : पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निम्तो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।

आज बिहान ८:२६ बजेको साइतमा चीर ठड्याइएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको स्थानीय राजन महर्जनले बताए।    

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

गत वर्ष फागुन २० गते चीर ठड्याइएको थियो। तर कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अघिल्ला वर्षहरुमा झै होली मनाइएको थिएन।

 



ट्रेन्डिङ पोस्ट

Ncell