PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गस्तीमा रहेका निकुञ्जका कर्मचारीको दुर्घटनामा मृत्यु



पहिलोपोस्ट

गस्तीमा रहेका निकुञ्जका कर्मचारीको दुर्घटनामा मृत्यु

बुटवल : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

निकुञ्जको खैरीपोष्टमा कार्यरत गेम स्काउट रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

बमले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत् शम्शेरगंज र मुगुवा खोलाको बीचमा रोकिराखेको विग्रेको ट्रकमा ठोक्किएको थियो।

गस्ती गर्न गएका बेला दुर्घटना भएको निकुञ्जका सहायक वार्डेन महेश न्यौपानले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell