PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कारवाही गर्न ओलीलाई राईको खुला चुनौती, ‘प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दारका कारण कम्युनिस्ट आन्दोलन रोकिने छैन’



पहिलोपोस्ट

कारवाही गर्न ओलीलाई राईको खुला चुनौती, ‘प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दारका कारण कम्युनिस्ट आन्दोलन रोकिने छैन’

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले पार्टी नेतृत्वको कारवाहीले कम्युनिस्ट आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन्।

माधव समूहमा रहेका सांसद राईले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीका लागि चुनौती दिँदै त्यसले कम्युनिस्ट आन्दोलन भने नरोकिने जिकिर गरे।

राईले कारवाहीबाट जनप्रतिनिधि पद गएमा र आउँदो चुनाव नजितिए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नहुने उल्लेख गरेका छन् । न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन रहेकोमा आफू जानकार रहेको राईको भनाइ छ।

उनले प्रतिगामी, प्रतिक्रान्तिकारी,गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको उल्लेख गर्दै तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन नरोकिए तथा अब पनि नरोकिने जिकिर गरेका छन्।

कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्य सँग कुनै...

Posted by Rajendra Rai on Saturday, March 20, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell