काठमाडौं: नेपाल वायुसेवा निगम तराई कर्मचारी समाजले होली मिलन कार्यक्रम आयोजना गरेको छ।
आजदेखि विधिवत् रुपमा सुरु भएको फागु (होली) पर्वको शुभकामना आदान प्रदानका लागि समाजले राजधानीमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो।
निगमका कर्मचारी, व्यवस्थापक र सञ्चालकबिच भाइचारा कायम गर्ने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको समाजले जनाएको छ।
कार्यक्रममा निर्देशकहरु टंक निधि दाहाल, अशोक सिग्देल, डोलेश्वर कोइराला, जीवन भट्टराई, दिपु जुहारचन, रवीन्द्र कुमार शेरचन तथा उप-निर्देशकहरु अनिल घिमिरे, महेश मरिता, दिक्पाल सुबेदी, रमेश पौडेल, अच्युत ढुंगाना सहभागी थिए। स्वागत मन्तव्य नरेश यादवले राखेका थिए। कार्यक्रमको उद्घोषण विजय अधिकारी एंव उषा सिंहले गरेका थिए। कार्यक्रमको अध्यक्षता अतुहल्लाह अन्सारीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका पूर्वकार्यकारी अध्यक्ष रामाग्या प्रसाद चतुर्वेदी एवं अतिथिका रुपमा नागरिक उड्डयन प्राधिकरणका निर्देशक देवचन्द्र लाल कर्ण उपस्थिति थिए।
कार्यक्रममा नेवानिका नायब महाप्रबन्धकहरु गणेशबहादुर चन्द र कर्णबहादुर थापा पनि सहभागी कार्यक्रममा होलीले कर्मचारी तथा सबै पदाधिकारीमा थप उर्जा थप्ने बताइएको थियो।
