PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ललिपुर मेयर्स कप महिला क्रिकेट चैत २१ गतेबाट, विजेताले तीन लाख पाउने



पहिलोपोस्ट

ललिपुर मेयर्स कप महिला क्रिकेट चैत २१ गतेबाट, विजेताले तीन लाख पाउने

काठमाडौं: ललितपुर मेयर्स कप महिला टी २० प्रतियोगितामा चैत २१ गतेबाट सुरु हुने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ।

प्रतियोगितामा पाँचवटा टिम सहभागी टिमहरुमा मेयर्स ११ को एउटा टिम हुनेछ भने बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहनेछन्।

प्रतियोगितामा पहिलो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले डेड लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्लेयर अफ दी सिरिजले २५ हजार पाउँदा बेस्ट बलर र बेस्ट ब्याटरले समान १५/१५ हजार प्राप्त गर्नेछन्। त्यस्तै प्लेयर अफदी म्याचले तीन हजार प्राप्त गर्नेछन्। त्यस्तै खेलाडी र सपोर्टिङ स्टाफले म्याचफी वापत प्रतिम्याच हजार रुपैयाँ पाउने छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फुटबलमा भर्खरै ए डिभिजनमा उक्लिएको सातदोबाटो युथ क्लबलाई प्रोत्साहन स्वरुप २० लाख दिएको प्रसङ्ग निकाल्दै खेलकुदको विकासका लागि आफुहरु योगदान गर्न तयार रहेको बताए। त्यस्तै कयानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेटको विकासका लागि यो प्रतियोगिताले योगदान दिने विश्वास लिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell