PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने गिरोह पक्राउ



पहिलोपोस्ट

‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने गिरोह पक्राउ

काठमाडौं : विभिन्न पुरुषहरुलाई ‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ घर भई हाल गोंगबु बस्ने २८ वर्षीया संगिता शाह (रितु), सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ घर भई हाल गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिकावडा नम्बर ६ घर भई हाल स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाल रहेका छन्।

उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर १० कपन र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ ईमाडोल बस्ने २ जना पुरूषहरूलाई ठगी गरको प्रहरीले जनाएको छ। ति पुरुषहरुलाई चावहिलस्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा सँगै बसी उक्त सँगै बसेको भिडियो गोप्यरूपमा साथीलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जरमार्फत पीडितलाई पठाएर ब्ल्याकमेलिङ गरेको खुल्न आएको छ।

सो गिरोहले पटकपटक गरी नगद ८ लाख रुपैयाँ र शंकर खनालको नाममा ५ लाख रुपैयाँको चेक काट्न लगाएको पनि प्रहरीले जनाएको छ। उनीहरूले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चात भिडियो भाइरल गराई बदनाम गराउने तथा जबरजस्ती करणीको मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनः रकम असुल गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell