PahiloPost

May 15, 2026 | १ जेठ २०८३

त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं



पहिलोपोस्ट

त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं
फोटो : एन्फा।

काठमाडौं : त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको फुटबल टोली आज काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ।

प्रतियोतिगामा सहभागी हुन बंगलादेशको टोली यसअघि नै काठमाडौं आइसकेको छ। दुवै टिम सोल्टी होटलमा बस्नेछन्।

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तानसँग भिड्नेछ। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell