PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धनगढीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनाः एकको मृत्यु, २८ जना घाइते



पहिलोपोस्ट

धनगढीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनाः एकको मृत्यु, २८ जना घाइते

कैलालीः कैलालीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। तीव्र गतिमा रहेको बस अगाडि रहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटनामा परेको हो। मृतकको सनाखत हुन सकेको छैन।  

जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell