PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लियोनलाई हराउँदै पीएसजी शीर्ष स्थानमा, एम्बाप्पे बने फ्रेन्च लिगमा सय गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी



पहिलोपोस्ट

लियोनलाई हराउँदै पीएसजी शीर्ष स्थानमा, एम्बाप्पे बने फ्रेन्च लिगमा सय गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लियोनमाथि ४-२ गोलअन्तरले पराजित गरेको हो।

खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३२ औं मिनेटमा ड्यानिलो पेरेराले गोल थप्दा पहिलो हाफमा पीएसजी दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा एन्जेल डी मारियाले पीएसजीका लागि गोल थपे।  उनले खेलको ४७ औं मिनेटमा गोल गर्दा ५२ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरे। र, लिग वानमा एक सय गोल पुरा गर्ने सबैभन्दा युवा खेलाडी बने। उनले २२ वर्ष, ३ महिना १ दिनको उमेरमा सय गोल पुरा गरेका हुन्।

उता लियोनका लागि इस्लाम स्लिमानीले ६२ औं मिनेटमा र म्याक्सवेल कोर्नेटले ६१ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन यो पर्याप्त बन्न सकेन। र, पीएसजीले ४-२ गोलअन्तरको सहज जित निकाल्न सफल भयो।

जितसँगै पीएसजी जितसँगै ३० खेलबाट ६३ अंक जोड्दै पीएसजी शीर्षस्थानमा उक्लिएको छ। समान खेलबाट समान ६३ अंक जोडेको लिल्ल तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell