PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टरसिटी सेमिफाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टरसिटी सेमिफाइनलमा

एफए कप अन्तर्गत गएराति सम्पन्न खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले युनाइटेडमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलेको २४ औं मिनेटमा केलेछी इहेनाछोको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो। तर म्यासन ग्रिनउडले ३८ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा योउरी टाइलेमन्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। उनले ५२ औं मिनेट गोल गरेका थिए। त्यस्तै इहेनाछोले ७८ औं मिनेटमा गोल गर्दा लेस्टरले ३-१ गोलअन्तरको जित निकालेको हो। जितसँगै ३९ वर्षपछि पहिलो पटक लेस्टरले एफए कपको सेमिफाइनलको यात्रा तय गरेको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिसकेको छ।

सेमिफाइनलमा लेस्टर सिटीले साउथह्याम्टनको सामना गर्नेछ भने चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell