PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कोरोनाविरुद्धको खोपले गुम्यो स्मरण शक्ति! नेपालमा यस्तो असर पहिलोपटक सुनिएको स्वास्थ्य विभागको भनाई



राधेश्याम पटेल

कोरोनाविरुद्धको खोपले गुम्यो स्मरण शक्ति! नेपालमा यस्तो असर पहिलोपटक सुनिएको स्वास्थ्य विभागको भनाई

वीरगंज : कोरोनाविरुद्धको खोप लगाएका बारामा एक जनामा स्मरण शक्ति सम्बन्धी समस्या देखा परेको छ। कोरोनाविरुद्धको खोप लिएको ५ दिनपछि बारा कलैया–११ विस्म्बरपुर टोल बस्ने ६५ वर्षीय ऐनुल अन्सारीको स्मरण शक्ति गुमेको बताइएको छ।

फागुन २९ गते नजिकैको स्वास्थ्य चौकीमा अन्सारीले खोप लगाएका थिए। त्यसपछि अन्सारीलाई ३–४ दिन टाउको दुःख्ने, हल्का ज्वरो आउनेजस्ता लक्षण देखिएको थियो। पाचौं दिन उनले घरपरिवारका मानिसलाई चिन्न छोडेपछि परिवारजनले उपचारका लागि वीरगंज लिंक रोडस्थित भवानी अस्पतालमा भर्ना गराए।

उपचारको क्रममा उनलाई एक दिन नशा मजबुत गर्ने औषधि चलाइएको थियो। त्यसपछि उनको स्मरण शक्ति पुनः फिर्ता भएको अस्पतालले जनायो। न्युरो सर्जन डा. बिपिन चौरसियाका अनुसार कोरोना खोपको हिस्ट्रीले गर्दा यस्तो जटिलता उत्पन्न भएको हुन सक्ने बताए। 

कोभिशिल्ड खोप लगाएको पाँच दिनपछि यस्तो अवस्था सिर्जना हुने चिकित्सा शास्त्रको लागि एउटा चिन्ताको विषय भएको डा चौरासियाले बताए। उनले यस विषयमा सरोकारवालाहरु ध्यान जानु पर्ने धारणा राखे। उनका अनुसार 'सर्ट टर्म मेमोरी लस' समस्या लिएर आएका बिरामीमा डाइग्नोसिस गर्दा ट्रान्जियन्ट ग्लोबल एम्नेसियाको अवस्था विश्लेषण गरेर औषधी उपचार गरेपछि आइतवार बिरामीलाई घर पठाइएको जानकारी गराए।

डा. चौरसिया पर्सा जिल्ला बहुअर्वा भाठा निवासी हुन्। उनी एमबिबिएस बोलान मेडिकल कलेज क्वेटा पाकिस्तान र मास्टर इन सर्जरी(एमएस) ब·बन्धु शेख मुजिब मेडिकल युनिभर्सटी ढाका (बिएसएमएमयु) बाट गरेका छन्। सन् २०२० मा न्युरो सर्जरीको अन्तर्राष्ट्रिय संगठन युरोपियन एसोसिएसन अफ न्यूरोलोजिकल सर्जरी अवार्डबाट पुरस्कृत पनि भएका छन्।

यस विषयमा स्वास्थ्य विभाग अन्तर्गतको उपचारात्मक महाशाखाका प्रमुख डा मदन उपाध्यायले कोभिशिल्डको यस्तो असर प्रथम पटक सुन्नमा आएको प्रतिक्रिया दिए। उनले कुनै खोपमा खोप लगाएको केही समयमा असर देखिन्छ भने कुनैमा दीर्घकालीन असर देखिने बताए। कोरोना र विकसित खोप पनि नयाँ भएकोले अहिले पनि धेरै विषय अध्ययनकै चरणमा रहेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell