PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भक्तपुरको एक खाजा घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते

भक्तपुरको एक खाजा घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन्।

आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको हो। घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

ग्यास पड्केपछि खाजा घरका सञ्चालन र खाजा खाना आएका ग्राहक समेत घाइते भएका छन्। उनीहरूको  ईवामुरा अस्पताल र मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell