PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

डाक्टर अनुप बास्तोलाको ट्विट थ्रेडले गरेको संकेत : नेपालमा फेरि आक्रमक बन्दै कोभिड १९



पहिलोपोस्ट

डाक्टर अनुप बास्तोलाको ट्विट थ्रेडले गरेको संकेत : नेपालमा फेरि आक्रमक बन्दै कोभिड १९
फाइल फोटो

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमितको संख्या फेरि तीन अंकमा उक्लन थालिसकेको छ। बिचमा दुई अंकमा झरिसकेको संक्रमितको संख्या तीन अंकमा र केही दिनको अन्तरमा एक/दुई जना मानिसको संक्रमणकै क्रममा मृत्यु हुने गरेको तथ्याङ्कले पनि संकेत गर्छ - कोरोना भाइरस फेरि नेपालमा सल्बलाउन थालेको हो। 

हिजोमात्र स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ। स्वास्थ्यको विज्ञप्तिमा भिडभाड हुने गतिविधि नगर्न, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग र साबुन पानीले हात धुने लगायतका विषयलाई प्राथमिकता दिन भनिएको छ।

यही सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुप बास्कोटाले संक्रणमको डरलाग्दो संकेतबारे ट्विट गरेका छन्। 

'फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो। हलमा हावा आउने जाने ठाउँ थिएन। हलमा भित्रिने र बाहिरिने ढोका एउटैमात्र थियो। जमघट र खानपिन साँझ ६ बजेदेखि रति ११ बजेसम्म चल्यो। त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकु अस्पताल भर्ना हुनुभयो,' डाक्टर अनुपले लेखेका छन्, 'उहाँमा कोरोना भाइरस पोजेटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो। पाँच दिनको उपचारपछि उहाँ घर फर्किनु भयो। तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो, जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो।'

डाक्टर अनुपका अनुसार ५ घन्टा भेला भएका ५० मध्ये १९ जनामा संक्रमण देखिनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य होइन।  
'यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell