PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन के होला?



पहिलोपोस्ट

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन के होला?

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'अनौपचारिक बैठक बोलाइएको हो। सिंहदरबारमा बस्ने भन्ने भएको छ,' उनले भने।

श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउनुपर्ने भएकाले समसामयिक राजनीतिबारे छलफल हुने बताए। सर्वोच्च अदालतले फागुन २३ गते माओवादी र एमालेलाई अलग गराएपछि नेताहरु आ-आफ्नो पार्टीतर्फ लागेका थिए। माओवादी केन्द्रका नेताहरु-गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट लगायतका नेता एमालेमा प्रवेश गरिसकेको भए पनि सरकालाई दिएको समर्थन फिर्ता लिएको छैन। साथै ती नेताहरुमाथि कारवाही पनि अघि बढाएको छैन।

२४ घण्टे स्पष्टिकरण सोधिएको भए पनि त्यसपछि वार्ता र कारवाहीको जिम्मेवारी शीर्ष नेतालाई दिएकाले अबको बैठकमा यसबारेमा छलफल हुने माओवादी केन्द्रका नेताको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell