PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने



निशा गुरुङ

शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने

हेटौँडा : दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमवारबाट गणना थालिएको छ। ६ वर्षपछि नेपालमा पुनः गैँडा गणनाको काम थालिएको हो।

नेपाल सरकार, बन तथा भु-संरक्षण मन्त्रालयको निर्णय अनुसार गैँडा गणनामा खटिने प्राविधिकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरी यसअघि २०७१ चेत २८ गतेदेखि नेपालमा प्राकृतिक वासस्थानमा एकसिँगे गैँडा पाइने संरक्षित क्षेत्रहरु चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्ष तथा यीनका मध्यवर्ती क्षेत्र एवं आसपासका बन क्षेत्रमा राष्ट्रिय गैँडा गणना शुरु भई २ मे २०१५ (२०७२ बैशाख १९) मा सफलतापूर्वक सम्पन्न भएको थियो।

सोमवार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित रमौली-प्रतापपुरमा पुगेर बन तथा वातावरणमन्त्री प्रेम आलेले हात्तीमा चढेर सिट्ठी फुक्दै गैँडा गणना शुरु भएको घोषणा गरे। 

गणना कार्यका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा ३४ वटा हात्ती तथा प्राविधिक र सहयोगी कर्मचारीहरु गरी १७० जना २६ दिन, बर्दियामा १६ वटा हात्ती तथा प्राविधिक र सहयोगी कर्मचारीहरु गरी ६८ जना जनशक्तिलाई ७ दिन र शुक्लाफाँटामा ४ वटा हात्ती तथा प्राविधिक र सहयोगी कर्मचारीहरु गरी २९ जना जनशक्तिलाई ७ दिन परिचालन गरिने छ।

चितवन राष्ट्रिय निकुन्जसहित पर्सा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा गैँडा गणना हुनेछ। सोमवारबाट शुरु भएको गणनाका लागि चितवन राष्ट्रिय निकुन्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ। हरेक दिन एउटा ब्लकमा गैँडा गणना गरिने चितवन राष्ट्रिय निकुन्जले जानकारी दिएको छ। गैँडा बस्ने स्थान, उनीहरुको उमेर, शारीरिक अवस्था लगायतका विवरणहरु हात्तीमा सवार गणकहरुले संकलन गर्नेछन्। तीन सातामा चितवन राष्ट्रिय निकुन्जभरिकै गैँडा गणना गरेर सकिने अनुमान गरिएको छ।

राष्ट्रिय गैँडा गणना २०१५ मा संकलन भएका विवरणको विश्लेषणबाट नेपालमा प्राकृतिक वासस्थानमा ६ सय ४५ वटा एकसिंगे गैँडा रहेको यकीन भएको छ। जसमा भाले १ सय ७५ र पोथी २ सय ३७ रहेको छ। त्यस्तै, उमेर समूहका बयस्क हात्ती ४ सय ६२, अर्धबयस्क ६० र बच्चा १ सय २३ रहेको यसअघिको तथ्यांकले देखाएको छ।

नेपालमा २०११ मा गरिएको गैँडा गणनाको तुलनामा चितवनमा ५ सय ३ बाट संख्या वृद्धि भई २०१५ मा ६ सय ५, बर्दियामा २४ बाट २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ७ बाट ८ र पर्सा वन्यजन्तु आरक्षमा २०१५ मा ३ समेत गरी नेपालमा गैँडाको संख्या १११ वृद्धि भएको बताइएको छ।

बन तथा वातावरणमन्त्री आलेले गैँडा गणना शुरु गरेको क्षेत्र मकवानपुरको रमौली प्रतापपुर पनि गैँडाको बासस्थलको रुपमा मानिन्छ। आइतवार मात्रै पनि संरक्षणकर्मीहरुले उक्त क्षेत्रको अनुगमन गर्दा तीन वटा गैँडा र एउटा बाघ फेला परेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिए।

वन्यजन्तु र प्राकृतिक प्रकोपका कारण रमौली-प्रतापपुरमा रहेका ३७३ घरपरिवारलाई राप्ती नदीबाट उत्तरतर्फ गोदाम जंगल फँडानी गरी बस्ती स्थानान्तरण गरिएपछि अहिले रमौली प्रतापपुर क्षेत्रमा निकुन्ज सुरक्षार्थ सेना मात्रै बस्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell