PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

नेपालीको पहिचान प्रधानमन्त्री ओलीले गर्दा फेरिएको छ : महेश बस्नेत



निशा गुरुङ

नेपालीको पहिचान प्रधानमन्त्री ओलीले गर्दा फेरिएको छ : महेश बस्नेत

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले नेपालीको पहिचान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा फेरिएको बताएका छन्। प्रधानमन्त्रीको कारणले चीन र भारतले गर्न नसकेको विकास नेपालमा शुरु भएको उनको दावी छ।

हेटौँडामा सोमवार आयोजना भएको राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला युवा भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको नेपाल एसियाकै सुखी मान्छेहरु बस्ने मुलुक भएको बताए। प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व चलाइरहेका ४५ वटा समूहलाई मुलधारको राजनीतिमा फर्काएर देशलाई शान्तिको बाटोमा डोयाएको दावी गरे।

समृद्धिको यात्रामा अग्रसरताका लागि युवाहरुलाई स्वरोजगार बनाई देश विकासका कामलाई तीव्रता दिएको बताए। उनले प्रधानमन्त्रीको काम अन्य राजनीतिक दलहरुलाई मन नपर्नु स्वभाविक भएको बताए। प्रतिस्पर्धी दललाई कमजोर बनाउनु र चुनावमा हराउनु राजनीतिक दलको अधिकार नै भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell