PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

माओवादी केन्द्रका नेता थापाको निधन



पूजा पन्थी

माओवादी केन्द्रका नेता थापाको निधन

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गीरबहादुर थापा (बीरबल) को मंगलबार बिहान निधन भएको छ। मधुमेहलगायत रोगबाट बिरामी पर्दै आएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो।

१० वर्षे जनयुद्धकालमा सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको पहिचान बनाएका थापा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा जिल्ला सचिव थिए। स्वास्थ्यका समस्याले गर्दा उनी पछिल्लो समयमा राजनीतिमा सक्रिय हुन सकेका थिएनन्। रैनादेबी छहरा गाउँपालिका–१, सिद्देश्वर स्थायी ठेगाना भए पनि उनी केही वर्ष यता तिनाउ गाउँपालिका–३, दोभानमा बस्दै आएका थिए। थापाको एक श्रीमती, १३ र ९ वर्षका दुई छोरी छन्। नेकपा माओवादी केन्द्रका सचिव राजेन्द्र विकका अनुसार थापालाई बिहान तानसेनमा श्रद्धाञ्जली कार्यक्रम गरी दिउँसो रूरूक्षेत्रस्थित रिडिघाटमा अन्त्येष्टि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell