PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सर्वोच्चको फैसला पुनरावलोकनबारे वकिलका कुरा सुनेर प्रचण्डले भने : हामी उचित निर्णय लिन्छौं



पहिलोपोस्ट

सर्वोच्चको फैसला पुनरावलोकनबारे वकिलका कुरा सुनेर प्रचण्डले भने : हामी उचित निर्णय लिन्छौं

काठमाडौं: नेकपा माओवादी केन्द्रले फागुन २३ को सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि कानुन व्यवसायीसँग छलफल गरेको छ।

आज विहान केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वकिलहरुसँग छलफल भएको हो। छलफलमा कानुन व्यवसायीहरुले पुनरावलोकनमा जान सकिनेबारे सुझाव दिएका थिए।

माओवादी निकट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले सर्वोच्चले मागदाबी भन्दा बढी राजनीतिक कोणबाट फैसला गरेकाले यथाशक्य पुनरावलोकनमा जानुपर्ने सुझाव दिएको बताए।

अध्यक्ष प्रचण्डले आफूहरुको कुरा सुनेको र उचित निर्णय लिने जवाफ दिएको प्रधानले बताए।

छलफलमा सहभागी नेपाल बार एसोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि पुनरावलोकनबारे छलफल भएको र ६० दिनभित्र अदालत जान सकिने सुझाव दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell