PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

थ्री नेसन्स कप फुटबल आजबाट सुरु, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने



पहिलोपोस्ट

थ्री नेसन्स कप फुटबल आजबाट सुरु, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

काठमाडौं: बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कप फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको उद्घाटन साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामाले  गर्नेछन्।

अखिल नेपाल फुटबल संघ एन्फाले रंगशालामा उपस्थिति भएर खेल हेर्ने दर्शकहरुका लागि स्वास्थ्य सतर्कता बढाउन भनेको छ। एन्फाले एक विज्ञप्ति निकाल्दै तापक्रम परीक्षण, सेनिटाइजर, भौतिक दुरी, मास्कको प्रयोगलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरिने जनाएको छ।

कीर्गिस्तानको टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ भने बंगलादेश पनि राष्ट्रिय टोलीमा 'एक्सपेरिमेन्ट' गर्ने मुडमा छ। अनि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन आजको खेल हेरेर पर्सि नेपालको खेलका लागि रणनीति बनाउने मुडमा छन्।

'पहिलो खेल हामी हेर्छौं। त्यसमा कस्तो प्रदर्शन हुन्छ।' महर्जनले भने।

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

यसपछि मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तानसँग खेल्नेछ। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell