PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रत्यक्ष प्रसारण भएको त्यो आक्रमण, अमेरिकी प्रहरीसहित १० जनाले गुमाए ज्यान



पहिलोपोस्ट

प्रत्यक्ष प्रसारण भएको त्यो आक्रमण, अमेरिकी प्रहरीसहित १० जनाले गुमाए ज्यान

अमेरिका, कोलोराडोस्थित किराना बजारमा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन्। मृत्यु हुनेमा एक जना प्रहरीसमेत रहेका छन्। प्रहरीले किङ सुपर्स मार्केटका एक घाइते र अर्धनग्न अभियुक्तलाई पक्राउ गरेपछि आक्रमण रोकिएको थियो।

उक्त घटनालाई प्रत्यक्षदर्शीहरूले लाइभ प्रदर्शन गरेका थिए।

सोमवार दिउँसो अभियुक्त सुपरमार्केटमा पसे। स्थानीय समय अनुसार दिउँसो करिब साढे २ बजे उनले बन्दुक चलाउन सुरु गरेका थिए। त्यसको करिब २० मिनेटपछि बाउल्डर नगरपालिकाको प्रहरी विभागले ट्वीट लेख्यो – किङ सुपर्समा सक्रिय बन्दुकधारी थिए। प्रहरीले आम मानिसलाई त्यस क्षेत्रमा नजान चेतावनी दिएको थियो। ट्वीटमार्फत् नै उक्त घटनाको दृश्य र अन्य जानकारी सामाजिक सञ्जालमार्फत् नदिन भनिएको थियो।

तर, अभियुक्तले अडान लिएर उभिएको र पीडितहरूले याचना गरिरहेको केही दृश्य क्यामेरामा कैद भयो। सार्वजनिक भिडियोमा खिच्नेले भनेका छन् – मलाई थाहा छैन के भइरहेको छ। मैले बन्दुक पड्किएको आवाज सुनें। त्यहाँ कसैले बन्दुक चलाइ रहेका छन्। टाढा रहनुस्।

उनी भाग्दै गर्दा बन्दुक पड्किएको आवाज सुनिन्छ।

भिडियोमा प्रहरी आइपुगेको समेत देखिन्छ। लगत्तै उनीहरूले बजारमा घेरा हाल्छन्। मानिसहरू आत्तिएका छन् र बाँच्नका लागि भागेको बताइरहेका छन्। एक अग्लो ठाउँबाट खिचेको एक भिडियोमा देखिन्छ – सर्ट्स मात्र लगाएका एक मानिसलाई प्रहरीले हत्कडीसहित बाहिर लिएर जान्छन्।

बाउल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डका अनुसार ती बन्दुकधारी हिरासतमा रहेका मानिस हुन्। जसलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। बीबीसीमा जनाइए अनुसार उनले पत्रकार सम्मेलनमा भनिन्,'म सबैलाई अब तपाईंहरू सुरक्षित हुनुन्छ भन्ने जानकारी दिन चाहन्छु।'

घटनामा मारिएका प्रहरी ५१ वर्षीय एरिक ट्याली हुन्। उनी सन् २०१० देखि त्‍यहाँ कार्यरत् थिए।

घटनास्थलमा पुग्ने उनी पहिलो प्रहरी थिए जसमाथि तत्काल गोली प्रहार भयो। भलै प्रहरी प्रमुखले उनको सहासको तारिफ गरेकी छिन्।

घटना र अपराधीबारे थप जानकारी दिइएको छैन। उनले यसबारे अनुसन्धान कठिन भएको र कम्तिमा पाँच दिनपछि पूर्ण जानकारी दिन सक्ने बताइन्। पीडितहरूबारे जानकारी सबैको परिवारमा खबर पुर्‍याएपछि मात्र दिइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell