PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कैलाली अपडेट : प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते



पहिलोपोस्ट

कैलाली अपडेट : प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते

कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ।

प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ।

प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्।

प्रहरीमाथि हातपात गरिएपछि भिडलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए। मङ्गलवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीलाई लम्किचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell