PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोरोनाभाइरस संक्रमण दर बढेपछि जर्मनीमा लम्बियो लकडाउन, २४ घण्टामा २५० संक्रमितको मृत्यु



पहिलोपोस्ट

कोरोनाभाइरस संक्रमण दर बढेपछि जर्मनीमा लम्बियो लकडाउन, २४ घण्टामा २५० संक्रमितको मृत्यु

जर्मनीमा कोरोना भाइरस संक्रमण दर बढेपछि लकडाउन अवधि लम्ब्याइएको छ। संक्रमणको तेस्रो वेभ सुरु भएपछि त्यहाँ तीन साताका लागि लकडाउन थपिएको हो। अप्रिल ४ अर्थात् एस्टरमा हुने भिडभाड नियन्त्रणका लागि कडाइ गरिएको बीबीसीमा उल्लेख छ।

क्षेत्रीय नेताहरूसँगको सल्लाहमा चान्सलर एन्जेला मर्केलले जारी निर्देशन अप्रिल १८ सम्म लागु हुने बताइन्। विशेषगरी अप्रिल १ देखि ५ सम्म पसलहरू ठप्प रहनेछन् र मानिसको जमघट सीमित गरिनेछ।

एन्जेलाले जर्मनी हाल 'एकदम गम्भीर' स्थितिमा रहेको बताएकी छिन्। 'संक्रमितहरूको संख्या बढेको छ र आइसियुका शय्याहरू फेरि भरिन थालेका छन्,' उनले मंगलवार भएको पत्रकार सम्मेलनमा भनिन्।

युरोपमा कोरोना भाइरस संक्रमण दर बढ्दो छ। जर्मनीमा मात्र पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ८५ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै २ सय ५० संक्रमितको मृत्यु भएको छ। पोल्यान्डमा उक्त दर तीन गुणा बढी रहेको छ। फ्रान्समा पछिल्लो २४ घण्टामा ४ सय ७१ जना संक्रमण आइसियुमा भर्ना भएका छन् भने १५ हजार ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell