PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कैलाली अपडेट : प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो



पहिलोपोस्ट

कैलाली अपडेट : प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

कैलालीः कैलालीको लम्कीमा प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गरेपछि घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

लम्कीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भए पछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याससँगै हवाई फायर पनि गरेको थियो । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। ३० वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्ज्याल घाइते भएकोमा प्याकुरेलको अवस्था गम्भीर रहेको छ। उनको पेटमा गोली लागेको छ।

थप उपचारका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्।

१८ वर्षीय दीपक सन्ज्यालको अवस्था भने मध्यम रहेको छ। उनको खुट्टामा गोली लागेको छ। सन्ज्यालको कोहलपुरमै उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell