PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

हिराको व्यापार गर्न भन्दै भारतमा लगेर दुई युवतीलाई बिक्री गर्ने पुरुष २८ वर्षपछि समातिए



पहिलोपोस्ट

हिराको व्यापार गर्न भन्दै भारतमा लगेर दुई युवतीलाई बिक्री गर्ने पुरुष २८ वर्षपछि समातिए

काठमाडौंःः मानव बेचबिखन अभियोगमा २८ वर्षदेखि प्रहरीले खोजी रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार भक्तपुरमा ६८ वर्षीय रामशरण पण्डित(क्षेत्री)लाई पक्राउ गरेको हो। उनी विरुद्ध २०४९ भदौमा पीडित परिवारले पण्डित विरुद्ध प्रहरीमा उजुरी परेको थियो।'पुरानो मुद्दा खोजेर अभियुक्त खोजिरहेका थियौँ। त्यही क्रममा हामीले हिजो नियन्त्रणमा लिएका हौँ,' ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्।

पण्डितले २०४९ वैशाखमा १२ दुई युवतीलाई कलङ्कीबाट वीरगन्ज हुँदै भारत पुर्‍याएका थिए। उनले भारतमा हिराको व्यापार गर्न भन्दै लगेर कोठीमा बेचेको प्रहरीले जानकारी दिएको छ। त्यसपछि बेचिएकी एक युवतीले एक पन्जाबी ग्राहकको सहयोगमा हुलाक मार्फत नेपालमा रहेका आफन्तलाई पत्र पठाएकी थिइन्। त्यसपछि पीडितका परिवारले प्रहरीमा उजुरी दिएका थिए। ३५ हजार रुपैयाँ बिक्री गरेपछि पण्डित १२ वर्षसम्म साउदी अरेबिया र त्यसपछि काठमाडौँका विभिन्न ठाउँमा लुकिबसेको देखिएको छ।

बेचिएकी अर्की युवती भने अझै प्रहरीको सम्पर्कमा आएकी छैनन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell