PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेटौँडामा अन्तर शहर चेस टुर्नामेन्ट-२०७७ हुने



निशा गुरुङ

हेटौँडामा अन्तर शहर चेस टुर्नामेन्ट-२०७७ हुने

हेटौँडा : हेटौँडामा अन्तर शहर टिम चेस टुर्नामेन्ट २०७७ हुने भएको छ। मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा यहि चैत ११ गते देखि १४ गतेसम्म (मार्च २४ देखि २७ तारिख) टुर्नामेन्ट हुने भएको हो।

कोभिड १९ को विश्वव्यापी महामारीले आक्रान्त खेलकुद क्षेत्रका लागि चेस टुर्नामेन्ट प्रतियोगिता एक उर्जाको रुपमा परिणत हुने हेटौँडा चेस क्लब, मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले बताए। नेपालमा हालसम्म आयोजना भएका टिम च्याम्पियनसिपमध्ये सर्वाधिक ठूलो प्रतियोगिताको रुपमा रहने आयोजकको दावी छ।

मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले सहभागी हुने सबै टोलीका खेलाडीहरु चैत ११ बिहानसम्म हेटौँडा आइपुग्ने जानकारी दिए। स्विस लिग प्रणाली अनुसार ७ चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट सहभागी १८ टिमले प्रतिस्पर्धा गर्ने आयोजनकले जनाएको छ।

प्रतियोगिको कुल पुरस्कार राशी ५ लाख ५० हजार रुपैयाँ रहेको चेस क्लब मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए। प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार तथा चौँथो र पाँचौ स्थानमा रहनेले क्रमशः ३० हजार तथा २० हजार प्राप्त गर्नेछन्। त्यसैगरी व्यक्तिगततर्फ प्रत्येक बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको विशेषताको रुपमा प्रत्येक टोलीले अनिवार्य रुपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहका खेलाडीलाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिने जनाइएको छ। प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell