PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘सरकारले सदनलाई बिजनेस नदिएर संसदको प्रभावकारिता चाहेन, विघटन गर्नेतिरै प्रमको दृष्टिकोण छ’



पहिलोपोस्ट

‘सरकारले सदनलाई बिजनेस नदिएर संसदको प्रभावकारिता चाहेन, विघटन गर्नेतिरै प्रमको दृष्टिकोण छ’

काठमाडौं: सरकारले संसदको प्रभावकारिता नचाहेको सांसदहरुले बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसदहरुले सरकारले सदनलाई बिजनेस नदिएर संसदको प्रभावकारिता नचाहेको बताएका हुन्।

जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताए। उनले भने, ‘सरकारले संसदलाई बिजनेस दिने र बिजनेस दिँदा अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा। त्यसको पनि अधिवेशन बोलाउनु पर्‍यो। विधेयकहरु लिएर आउनुपर्‍यो। दुवै सदनले पारित गर्ने हो विधेयक। सरकारले नै संसद चलोस् र यो फलदायी होस् भन्न नचाहेको स्थिति छ। सरकारको दायित्व हो विधेयक ल्याउने।’

नेकपा(एमाले)कि सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले संसदलाई विघटन गर्ने गलत दृष्टिकोण राखेकाले संसदको प्रभावकारी सञ्चालनमा ध्यान नपुर्‍याएको बताइन्। उनले भनिन्, ‘संसदलाई प्रभावकारी गराउने जिम्मा सांसदको होइन सरकारको हो। हामी त बैठकमा तोकिएको समयमा आएका छौं। तर सरकारले विधेयकहरु नै ल्याउँदैन। बिजनेस नै दिँदैन। कार्यव्यवस्था परामर्श समितिमा बसेर कार्यसूची निर्धारण गर्दैन भने त संसद एक्लैले प्रभावकारी उपस्थिति हुने कुरा भएन। प्रधानमन्त्रीको यो संसदलाई, जनताको प्रतिनिधिमुलक थलोलाई विघटन गर्ने नै छ। उहाँले अहिले पनि एउटा गलत दृष्टिकोण राखिरहनु भएको छ र यसको प्रभावकारी सञ्चालनको कुरामा ध्यान दिनुभएको छैन।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विधेयक आउन नसक्नुमा सरकारको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए। सरकारले बिजनेस पेश गर्दा पनि अगाडि बढ्न नपाएको बताए। उनले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापित भए पनि हामी जुन कारणले यो अप्ठ्यारोमा पर्‍यौं त्यो अप्ठ्यारोहरु फुकाउने काम भने सर्वोच्च अदालतले गरेन। त्यो अप्ठ्यारो के हो भन्दा जुन आधारमा सरकार उभिएको छ झन्डै दुई तिहाइ बहुमतको अवस्था। अब त्यो अवस्था त रहेन। सत्तापक्ष माथिदेखि तलसम्मै दुई चिरा भयो। त्यसैले त्यो दुई तिहाइ बहुमत अहिलेसम्म विश्वासको मत फिर्ता भएको छैन कायम छ। तर यथार्थमा भने त्यो विभाजित छ। त्यसैले यो स्थितितर्फ ध्यान दिनुपर्छ। सरकारले बिजनेस पेश नगरेको हो र? सरकारले दिएको बिजनेस त अगाडि बढ्नै पाएन। बढ्नै सकेन।’

उपनेता नेम्वाङले संसदमा भएको समस्याको बारेमा छलफल गरी निष्कर्षमा पुग्नु राम्रो हुने बताए। समस्यालाई निष्कर्षमा पुर्‍याउन सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell