PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

वीरगंजमा बढ्यो कोरोनाको त्रास : २५ जनाभन्दा बढी भीडभाड नगर्न प्रशासनको निर्देशन



राधेश्याम पटेल

वीरगंजमा बढ्यो कोरोनाको त्रास : २५ जनाभन्दा बढी भीडभाड नगर्न प्रशासनको निर्देशन
फाइल फोटो।

वीरगंज : दक्षिण भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि वीरगंजमा पनि सतर्कता अपनाउन थालिएको छ। कोरोना महामारीको दोस्रो लहर शुरु भएको आँकलनसहित स्थानीय प्रशासन सीमा नाकामा कडाईको साथै कोरोना महामारीसँग जुध्न तयारीमा जुटेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले आज बैठक बसी होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नगर्न भनेको छ। त्यस्तै, नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशन समेत दिइएको केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलामा बसेको बैठकमा सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता परेको अवस्थामा नेपाली सेनालाई समेत परिचालन गर्न सकिने केन्द्रले गरेको निर्णयमा उल्लेख छ। साथै, वीरगंज भन्सार नजिकै हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय भएको बताइएको छ।

त्यसैगरी, नारायणी अस्पतालमा १५ शय्या, पोखरीया अस्पताल बगही र भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ५-५ शय्याको आइसोलेसन वार्डको लागि पनि तयारी गर्न पनि निर्णय गरिएको छ। एक सातामा वीरगंजमा १४ जना संक्रमित देखिएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बाबा होटलको कोभिड अस्पतालको लागि पनि सरकारसँग स्वीकृतिको लागि माग गर्ने निर्णय भएको प्रजिअ तमाङले बताए।

बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्जय ठाकुर, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणालगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell