PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

थ्री नेसन्स कप : बंगलादेश १-० ले विजयी



पहिलोपोस्ट

थ्री नेसन्स कप : बंगलादेश १-० ले विजयी

काठमाडौं : आजबाट शुरु भएको थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशले जित निकालेको छ। दशरथ रंगशालामा भएको कीर्गिस्तानविरुद्धको खेलमा बंगलादेशले १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो।

खेलको पहिलो हाफमा कीर्गिस्तानका खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो। खेलको २९ औँ मिनेटमा कुमारबाज उलु बाइएमानले आत्मघाती गोल गर्दा कीर्गिस्तान पछि परेको थियो।

साद उड्डेनको क्रसलाई क्लियर गर्न खोज्दा उनले आफ्नै पोस्टमा गोल गर्न पुगे। सोही गोल नै बंगलादेशको जितको लागि निर्णायक बन्यो।

कोरोना कहरको चुनौतीबीच दशरथ रंगशालामा थ्री नेसन्स कप आजबाट सुरु भएको छ। ४६९ दिन पछि दशरथ रंगशालमा फुटबल खेल आयोजना भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell