PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कोरोना संक्रमण बढेसँगै दिल्लीमा होली मनाउन रोक



पहिलोपोस्ट

कोरोना संक्रमण बढेसँगै दिल्लीमा होली मनाउन रोक

कोरोना भाइरसको संक्रमण बढे सँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइने भएको छ।

दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ।

भारतमा केही सातायता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४ घण्टा मा १ हजार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ जना संक्रमित को मृत्यु भएको छ। भारतमा मंगलबार ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell