PahiloPost

May 15, 2026 | १ जेठ २०८३

भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक



पहिलोपोस्ट

भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक
फाइल फोटो।

नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्वहरु मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वसँगै भिडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ।

भारतमा केही सातायता दैनिक हजारौं मानिसमा संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ जना संक्रमित को मृत्यु भएको छ। भारतमा मंगलवार बिहानसम्म ४० हजार भन्दा बढी मा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell