A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab33803364012.97976799): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab33803364012.97976799,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?



राधेश्याम पटेल

भूमिसुधार र मालपोतका कर्मचारीले तीन महिनादेखि किन पाएनन तलब?

वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरुले गत पुसदेखि फागुन मसान्तसम्म तीन महिनाको तलब भत्ता पाएका छैनन्। कार्यालय प्रमुख तथा कर्मचारीहरुको लापारवाहीकै कारण उनीहरुले तलब भत्ता नपाएको खुलेको छ।

कार्यालयले चालू आर्थिक वर्षको साउनमा पेश गर्नू पर्ने तलबी प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सामा पेश गरी स्वीकृत नगराएको कारण तीन महिनादेखि कोष तथा लेखा नियन्त्रक कार्यालयले कर्मचारीहरुको तलब भत्ता रोकेको हो। निजामती सेवा एन नियामावली २०५० बमोजिम हरेक वर्ष साउन मसान्तमा सरकारी अड्डामा कुन महिनामा कुन कुन कर्मचारीको तलब तथा भत्ता कुन ग्रेडअनुसार भुक्तानी दिने बारेमा तलबी प्रतिवेदन पेश गरी स्वीकृत गराउने पर्ने व्यवस्था छ।

तर गत साउनदेखि हालसम्म तलबी प्रतिवेदन नआएकोले पुस, माघ र फागुनको तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अधिकृत विष्णु सुवेदीले बताए। उनले गत कात्तिकमै कार्यालय प्रमुखहरुको बैठकमा यस्तो नियमबारे जानकार गराउँदा पर्साको ६४ वटा सरकारी अड्डामध्ये १२ वटाले मात्र तलबी प्रतिवेदन स्वीकृति गराएका थिए। ५२ वटा कार्यायलले तलबी प्रतिवेदन पेश गराएका थिएनन्। तर बैठकपछि अन्य सबैले प्रतिवेदन पेश गराई तलब भत्ता खाई पाइ आएका छन्।

भूमि सुधार तथा मालपोत र नारायणी अस्पतालको तलबी प्रतिवदेन स्वीकृत हुन बाँकी रहेकोले तलब नपठाइएको उनले बताए। नारायणी अस्पतालको कर्मचारीहरुको दरबन्दी केन्द्रीय निजामती किताब खानामा प्रदेश सरकार मातहत देखिएकोले प्रतिवेदन स्वीकृति हुने प्रक्रियामा रहेकाले तलब भत्ता पठाइएको तर भूमि सुधार तथा मालपोतले मंगलबार मात्र प्रतिवेदन पेश गरेकोले चाँडै स्वीकृत गरी तलब पठाउने उनले आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell