PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

ट्याक्सी चले पनि पठाओका बाइक किन भएन सुरु?



पहिलोपोस्ट

ट्याक्सी चले पनि पठाओका बाइक किन भएन सुरु?

काठमाडौं : पठाओले ट्याक्सी र फुड सेवा सुरु गरे पनि मोटरसाइल सेवा अझै रोकेको छ। प्राविधिक कारण देखाउँदै पठाओले अझै केही समय मोटरसाइकल सेवा रोक्ने तयारी गरेको हो। प्राविधिक तयारी सम्पन्न भएलगत्तै सेवा सञ्चालन गर्ने पठाओले जनाएको छ।

सोमवार साँझ गोंगबु क्षेत्रमा केही ट्याक्सी चालकहरुले आफ्ना मोटरसाइकल चालकहरुमाथि माथि कुटपिट गरेको घटनालाई लिएर पठाओले हिजो दिनभर आफ्ना सबै सेवा स्थगित गरेको थियो।

हिजै विज्ञप्ति निकालेर पठाओले अब सेवा सञ्चालन गर्दा कम्पनीको लोगो वा ब्राण्ड झल्किने कुनै प्रकारको कपडा नलगाउन राइडरहरुलाई निर्देशनसहित सर्कुलर जारी गरेको थियो। 

राइडर कुटपिटसँगै केही चालकहरुले अफलाइन ट्रिप सञ्चालन गरेको भेटिएपछि पठाओले यसलाई निरुत्साहित गर्नेगरी आफ्नो प्लाटफर्म सुधार स्वरुप सेवा रोकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell