PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कटुवा पेस्तोल सहित दुई युवक समातिए



पहिलोपोस्ट

कटुवा पेस्तोल सहित दुई युवक समातिए

काठमाडौंः प्रहरीले हतियार सहित दुई जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार साँझ दुई जनालाई कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिकाका २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर हुलाकी रोडमा चेक गर्दा सनोजको साथबाट गोली नभएको कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश अधिकारीले जानकारी दिए।

उनीहरू विरुद्ध हातहतियार खरखजनामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell