PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

थ्री नेशन्स कपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

थ्री नेशन्स कपका  लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं: मंगलावारबाट सुरु भएको थ्री नेशन्स कपका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। यो सँगै हाल प्रशिक्षणमा रहेका १० जना खेलाडी बाहिरिएका छन्।

गोलकिपरहरु विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डरहरु पासाङ लामा, सुरज विक र विकास खवास, मिडफिल्डर हेमन्त थापामगर र सन्तोष तामाङ र स्ट्राइकर आशिष लामा, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठ टिममा परेनन्। नेपालले भोलि कीर्गिस्तानसँग खेल्दैछ। यही प्रतियोगिताबाट विराज महर्जनले सन्यास लिने बताइएको छ।

नेपाली टोली

गोलकिपर्स - किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर्स : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फरवार्डर्स : अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell