PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोभिड १९ सङ्क्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णयः भिडभाड हुने मेला तथा सांस्कृतिक कार्यक्रम गर्न रोक



पहिलोपोस्ट

कोभिड १९ सङ्क्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णयः भिडभाड हुने मेला तथा सांस्कृतिक कार्यक्रम गर्न रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय भक्तपुरले फागु पूर्णिमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न अनुरोध गरेको छ।

गृह मन्त्रालय गरेको पत्राचारपछि प्रशासनको आज बसेको बैठकले कोभिड १९ सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै पनि भिडभाड हुने मेला,जात्रा तथा अन्य कार्यक्रमहरू नगर्ने निर्णय गरेको थियो। आजबाट लागु हुने गरी भक्तपुर जिल्लामा कुनै कुनै पनि भिडभाड हुने कार्यक्रमहरू गर्न पाइने छैन। कोभिड १९ को जोखिमबाट बच्न सरकारले जारी गरेको मापदण्ड पालना नगरे सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

त्यस्तै बैठकले कोभिड सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेनटाइन, आइसोलेसन केन्द्रलाई समेत तयारी गर्ने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell