PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी, १०० दिने काउन्टडाउन सुरु: ७१ लाख जेष्ठ सदस्यलाई 'स्मारक पदक', नयाँ पुस्तालाई इतिहास पढाइँदै



पहिलोपोस्ट

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी, १०० दिने काउन्टडाउन सुरु: ७१ लाख जेष्ठ सदस्यलाई 'स्मारक पदक', नयाँ पुस्तालाई इतिहास पढाइँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले यस वर्ष आफ्नो स्थापनाको शतवार्षिकी मनाउँदै छ। अबको १० दिनमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा हुँदै छ। चिनियाँ कम्युनिस्ट पार्टीले मंगलवार पार्टीको स्थापना दिवसको १०० औं वर्ष मनउन १०० दिनको काउन्टडाउन सुरु गरेको छ।

यो सय वर्ष सीपीसी ९ करोड १० लाख बढी सदस्य रहेको विश्वकै ठूलो मार्क्सवादी सत्तारुढ पार्टीको रुपमा स्थापित गर्दै चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकास गर्न सफल भएको छ। सीपीसीको शतवर्षिकी मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिँदै छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागले मंगलवार पत्रकार सम्मेलन गरी शतवार्षिकी कार्यक्रम सार्वजनिक गरेको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ।

कार्यक्रमहरुमा पार्टीभित्रको सीपीसीको इतिहास अध्ययन अभियान, आम भेलासहितका कार्यक्रम छन्।

त्यस्तै पार्टीको केन्द्रीय कमिटीले जुलाई १ मेडल आफ्ना पार्टीका सदस्यहरुलाई पहिलोपटक वितरण गर्दै छ। जुन सम्मान पार्टीको सबैभन्दा ठूलो सम्मान हो। त्यस्तै ५० वर्ष भन्दा माथिका ७१ लाख नेता कार्यकर्तालाई 'स्मारक पदक'ले सम्मान गरिने छ।

त्यस्तै शतवार्षिकी मनाउने क्रममा विभिन्न स्थानमा प्रदर्शनी, थियटर प्रस्तुति, सेमिनार, सैद्धान्तिक अध्ययनसम्बन्धी कार्यक्रमहरुकोसमेत आयोजना हुने छन्।

'पार्टी र देशको ऐतिहासिक उपलब्धीहरुको समीक्षा आधुनिक समाजवादी चीन निर्माणका लागि नयाँ यात्रामा जनताहरुलाई प्रोत्सहान हुने छ,' सीपीसीका प्रचार विभाग प्रमुख वाङ स्याओहुइले भनेका छन्।

७२ वर्ष अगाडिको त्यो अग्नी परीक्षा


२०१९ मा लिइएको सिपाइपो गाउँको तस्वीर। फोटो सिन्ह्वा


ठीक ७२ वर्ष अगाडि सीपीसीका नेताहरुले झिटीझाम्टा कुम्लो पारेर उत्तरी चीनको हपेइ प्रान्तको सानो गाउँ सिपाइपो छाडेर ३५० किलोमिटर परको बेइजिङको यात्रा सुरु गरेका थिए। १९४८ को मे देखि १०४९ को मार्चसम्म एउटा सानो गाउँमा रहेर सीपीसीको नेतृत्वले महत्त्वपूर्ण सैन्य अभियानहरु चलाए। कुमिङताङ सैनिकविरुद्ध चलाइएको त्यो अभियानले नयाँ चीनको स्थापना गर्‍यो।

मार्च २३, १९४९ मा सिपाइपो छाडेर बेइजिङको यात्रा सुरु गर्दा 'राजधानी शहरमा अग्नीपरीक्षाका लागि हिँडेको'  माओ जेडोङलेले बताएका थिए। यो ७२ वर्षमा सीपीसीले आफूलाई उत्कृतष्ट सत्तारुढ दलको रुपमा उपस्थित गराउँदै अग्नी परीक्षणमा महत्त्वपूर्ण नतिजा निकाल्न सकेको छ।

कुमिङतानले छाडेको त्रास र पराजयबाट उठाउँदै सीपीसी र चिनियाँ जनताको प्रयासबाट चीनलाई दोस्रो ठूलो अर्थतन्त्रको रुपमा स्थापित गराउन सफल भएको छ। अहिले चीन ठूलो औद्योगीक देश हो, ठूलो व्यापारिक देश हो र ठूलो विदेशी विनिमय सञ्चिती भएको देश हो।

आज, चीनसँग विश्वव्यापी रुपमै एक अर्ब तीस करोड जनसंख्याको स्वास्थ्य बीमासहितको ठूलो सामाजिक सुरक्षा प्रणाली छ। त्यस्तै एक अर्ब जनसंख्याको लागि वृद्ध उमेर बीमा सेवा छ। चीनको औसत आयु ७७.३ वर्ष कायम छ।

चीनले यही वर्षमात्र गरिबी उन्मुलनको घोषणा गरेको छ। राष्ट्र संघको १० दिगो विकास लक्ष्य एजेन्डा २०३० को १० वर्ष अगाबै चीनले लक्ष्य हासिल गर्‍यो।

'पार्टीले चिनियाँ जनतालाई एकीकृत गर्दै महान उपलब्धि हासिल गर्न नेतृत्व प्रदान गरेको छ,' प्रचार विभागका उपप्रमुख सु लिनले भने, 'चीनको विकास चिनियाँ जनताको सम्पन्न जीवनका लागि मात्र होइन विश्वका लागि फाइदा पनि हो।'

नयाँ परीक्षा उत्तीर्ण गर्न निरन्तर संघर्ष

चीनको गरिबी निवारणको सफल र प्रभाकारी सुत्र, पिङसान काउन्टी जहाँ सिपाइपो अवस्थित छ, यो गाउँ २०१८ को अक्टोबरमा गरिबीको सूचीबाट बाहिर निकालियो। चीनले पर्यटनको विकास तथा हरित उद्योगको विस्तारलाई गरिबी निवारको सुत्रको रुपमा लिएर अगाडि बढायो।

'पिङसानको क्रान्तिकारी आधार क्षेत्र गरिबीबाट बाहिर त निकालियो तर, अझै हामीसँग नयाँ परीक्षाहरु बाँकी छन्,' पीङसान काउन्टीका पार्टी प्रमुख तोङ सियाओहाङले भनेका छन्, 'पिङसानको अबको पाँच वर्ष उच्च गुणस्तरको विकासमा केन्द्रीत हुने छ।'

चीनको समाजवादी आधुनिकीकरण र राष्ट्रिय कायाकल्पका लागि एउटा कठिन तथा अवरोध नै गरिबी हो। 'हामीले नयाँ चुनौतीहरुको सामाना गर्नुपर्ने छ। पार्टी भित्रका नयाँ र पुराना भ्रष्ट आचारसँग समाना गर्नुपर्ने छ, देशको आर्थिक संक्रमणलाई व्यवस्थित गर्नुपर्ने छ। वातावरण र स्रोत सम्बन्धित नयाँ समस्याहरु समाना गर्नुपर्ने छ,' सीपीसी केन्द्रीय कमिटीको पार्टी स्कुलका प्राध्यापक सिन मिङले भने।

नयाँ परीक्षका लागि सीपीसी नेतृत्वले आफ्ना सदस्यहरुलाई तयार रहन निर्देशन दिएको छ। उसले स्पष्ट भिजन र आत्मविश्वासका साथ नयाँ युगको नयाँ परीक्षाको तयारीका लागि  तयार रहन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell