विराटनगर : प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो। प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो।
प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।
त्यस्तै, संक्रमण देखिएकामध्ये २९ हजार ७९७ जना डिस्चार्ज भइसकेका छन् भने हाल ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसैगरी, हालसम्म कोरोना संक्रमणबाट ४६६ जनाको मृत्यु भइसकेको छ।
त्यसो त प्रदेश १ मा हालसम्म कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या २ लाख ९८ हजार ८५३ पुगेको छ।
