PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद



राधेश्याम पटेल

धानसहित आइसीपी भन्सार हुँदै भित्रिएको भारतीय ट्रकबाट १ करोडको अवैध कपडा बरामद

वीरगंज : आइसीपी भन्सार भएर भित्रिने क्रममा धानको ट्रकमा १ करोड १९ लाखको अवैध कपडा बरामद भएको छ। सशस्त्र प्रहरी पर्साले गएराति जाँचपास भएर काठमाडौं जाने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो।

बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले जनाएको छ। दिपेन्द्रप्रसाद कलवारद्वारा सञ्चालित तरूपति खाद्यान्न तथा भूसा सप्लायर्सले आयात गरेको तीन लाखको धान २ लेयर र तल सर्टिङ, सुटिङ, कुर्ता, सलवार, पाइन्टलगायतको कपडाहरू ठूलो परिमाणमा भेटिएपछि ट्रक, चालक सुनील यादव र बरामद गरिएको कपडा, धान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ।

पूर्व सूचनाको आधारमा सशस्त्र प्रहरीले उक्त ट्रकलाई निगरानीमा राख्दै आइसीपी रक्सौल र आइसीपी वीरगंज भन्सारबाट नियम बमोजिम जाँचपास भएर काठमाडौंको लागि प्रस्थान गरेको ट्रकलाई नियन्त्रणमा लिएको हो। राजस्व अनुसन्धान कार्यालय पथलैयाले कपडाको भ्याटसहित १ करोड १९ लाख, ट्रकको ३० लाख, धानको ३ लाख गरी कूल १ करोड ३८ लाख मूल्यांकन गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell