PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

कैलालीमा कोरोनाको जोखिम बढेपछि प्रशासनले जारी गर्‍यो यस्तो आदेश, के गर्न पाउने के नपाउने?



एम बम

कैलालीमा कोरोनाको जोखिम बढेपछि प्रशासनले जारी गर्‍यो यस्तो आदेश, के गर्न पाउने के नपाउने?

कैलाली : कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेलालगाउनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाडमा रोक लगाएको हो।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन्।

यस्तै, बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिइएको छ। भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गर्न थालिएको छ।

कोभिड-१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ। आदेशको अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell