PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पछि हट्यो माधव नेपाल पक्ष : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने



निशा गुरुङ

पछि हट्यो माधव नेपाल पक्ष : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री पौडेल विरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो।

नेपाल पक्षकी नेतृ मुनु सिग्देलले आज सो कुराको पुष्टि गरिन्। सिग्देलले पार्टी पूर्ण रुपमै फर्किसकेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता हुने भएको बताइन्। नेतृ सिग्देलले अब चाँडै छलफल गरेर अविश्वास प्रस्ताव फिर्ता लिने बताएकी छिन्।

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको प्रचण्ड माधव समूहले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। प्रदेश सभाको बैठक अधिवेशनको गत माघ ७ गते प्रथम र गत माघ ९ गते दोस्रो बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएर स्थगित गरिएको थियो।

त्यस्तै, फागुन ५ गते बस्ने भनिएको अविश्वासको प्रस्ताव सम्बन्धी प्रदेशसभाको बैठक पनि स्थगित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell