PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोभिड १९ ले फेरि अत्यायो, बलिउड फिल्म बन्टी और बब्ली २ को रिलिज रोकियो



पहिलोपोस्ट

कोभिड १९ ले फेरि अत्यायो, बलिउड फिल्म बन्टी और बब्ली २ को रिलिज रोकियो

आउँदो २३ अप्रिलमा रिलिजको तयारीमा रहेको फिल्म बन्टी और बब्ली २ को रिलिज रोकिएको छ। 

बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार यशराज फिल्मले नयाँ रिलिज डेट भने तय गरिसकेको छैन। बलिउडमा न्यु नर्मलमा रहेको नयाँ फिल्म रिलिजको तयारी अगाडि बढेको थियो। तर, एक्कासी फिल्म रिलिज रोकिएको हो।

कोभिड १९ को केस बढ्न थालेका कारण फिल्म रिलिज रोकिएको हो। इन्टरटेनमेन्ट इन्ड्रस्टी कोरोना भाइरसका कारण खराब अवस्थाबाट गुज्रिरहेको छ। 

 

बुधवारमात्रै करिब ४७ हजारमा भाइरसको संक्रमण देखिएको थियो।

यसबीच भारतमा कोभिड १९ को 'डबल म्यूटेन्ट भेरियन्ट' भेटिएको छ। १० हजार ७८७ नमूनाहरुको परीक्षण गर्दा ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो। ७३६ वटा बेलायतको, ३४ वटा दक्षिण अफ्रिकाको र एउटा भने ब्राजिलको भेरियन्ट भेटिएको हो।

भारतको नेशनल सेन्टर अफ डिजिज कन्ट्रोलका निर्देशक सुजित कुमारका अनुसार हाल भारतमा संक्रमण उच्च रहेको क्षेत्रमा अलग अलग किसिमको म्यूटेशन प्रोफाइल भेटिएको छ। १५ देखि २० प्रतिशत नमूनामा म्यूटेशन देखिएको छ जुन पहिला भेटिएका भेरियन्टभन्दा फरक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell